ठमेलमा इजरायली नागरिकलाई हातपात गरेको आरोपमा दुई जना पक्राउ
सोमबार, २२ मङ्सिर २०८२, १३ : ०८
सारांश
- काठमाडौंको ठमेलमा एक इजरायली नागरिकमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा काभ्रे र नुवाकोटका दुई युवक रहेका छन्, उनीहरूलाई ठमेलबाट नियन्त्रणमा लिइएको हो।
- प्रहरीका अनुसार, घटना मंसिर १५ गते राति भएको थियो र घटनाको अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ स्थित ठमेलमा इजरायली नागरिकलाई हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंसिर १५ मा राति कालधारा सड्क खण्डमा हिँड्दै गरेका २५ वर्षीय इजरायली नागरिक अरमोजा अलमोगलाई ३ जना युवक मिलेर हातपात र लछारपछार गरेको प्रहरीको भनाइ छ ।
आक्रमणमा संलग्न आरोपमा काभ्रेको तेमाल घर भएका २६ वर्षीय पेम्बा तामाङ र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भएका ३० वर्षीय श्याम तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । भट्टराईका अनुसार उनीहरू आइतबार राति ठमेल क्षेत्रबाट पक्राउ परेका हुन् ।
घटनाबारे प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान गरिरहेको छ । पीडित इजरायली नागरिक कालधारास्थित योग होस्टलमा बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण