भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य
सोमबार, २२ मङ्सिर २०८२, १४ : ००
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा झन्डै ११.४ प्रतिशतले बढी हो ।
प्राधिकरणका निर्देशक उओङ भियेत दुङका अनुसार यो वृद्धि सन् २०२६ मा पनि कायम रहनेछ र त्यो वर्ष यात्रु सङ्ख्या ९५ लाखसम्म पुग्ने अपेक्षा गरिएको छ ।
यस वर्षका पहिलो ११ महिनामा भियतनामको हवाई क्षेत्रमार्फत ६९.३ लाख यात्रु आवागमन गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १०.८ प्रतिशतले वृद्धि भएको हो ।
यसमध्ये, आन्तरिक उडानमार्फत ३०.९ लाख यात्रु भएका छन् भने अन्तर्राष्ट्रिय उडानमार्फत ३८.४ लाख यात्रु आवागमन भएको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण