श्रीलङ्ककाको अवस्था सामान्य बन्दै
श्रीलंका । विनासकारी चक्रवातले नित्याएको भारी वर्षा पछि हाल देश भरका सबै जलाशयको जलस्तर निरन्तर सामान्य हुँदै गएको श्रीलङ्काको सिँचाइ विभागले सोमबार जनाएको छ ।
सिँचाइ निर्देशक (जलविज्ञान तथा विपद् व्यवस्थापन) एल. एस. सूरियाबन्दराले विभागका अनुगमन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कले हाल बाढीको स्तर सामान्य भएको पुष्टि गरेको पत्रकारहरू समक्ष बताएका हुन् ।
सामान्य बर्षा भएता पनि प्रमुख जल क्षेत्र र मुख्य नदीहरुमा वर्षाले नदीको जलस्तर उल्लेखनीय वृद्धि नहुने अपेक्षा गरिएको जनाएको छ ।
यसैबीच, बिस्तारै अतिरिक्त पानी छोड्न लग भग ३० वटा प्रमुख जलाशयहरूमा गेटहरू खोलिएको उनले बताए ।
आगामी दिनमा थप वर्षा हुने अपेक्षा गरिएको उल्लेख गर्दै सिँचाइ विभागले बदलिँदो अवस्थाबारे नियमित अपडेट जारी गरिरहने र जनता सतर्क रहनुपर्ने सुरियाबन्दरले बताए।
हाल, श्रीलङ्का मनसुन वर्षाको मौसमबाट गुज्रिरहेको छ भने चरम मौसमी बर्षाका कारण आएको बाढी र अन्य प्रकोप बाट ६०० भन्दा बढी श्रीलङ्कालीको मृत्यु भएको छ जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण