मुस्ताङको थासाङमा भालुको जोखिम
मुस्ताङ । थासाङ गाउँपालिका–५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा भालुका कारण मानवीय जोखिम बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोमको अधिनमा रहेको उक्त स्थानमा भालुको जोखिम बढेसँगै स्थानीयवासी त्रसित भएका छन् ।
थासाङको कुञ्जो—ताक्लुङ लगायतका जङ्गलमा घाँसदाउरा गर्न, च्याउ टिप्न र पशुचौपाया चराउन गएका स्थानीयवासी भालुको आक्रमणमा पर्ने गरेका छन् । भालुको आक्रमणका कारण निर्धक्क रुपमा जङ्गल जान सक्ने अवस्था नरहेको स्थानीयवासी बताउँछन् । यसअघि भालुको आक्रमणमा परी स्थानाीय घाइते भएका थिए ।
एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले भालुको आक्रमण परी घाइते भएका व्यक्तिलाई वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० को दफा ४ को उपदफा ‘ख’ र ‘ग’ मा भएको व्यवस्था बमोजिम क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिए । भालुले बालीनालीसमेत सखाप गर्ने गरेको स्थानीयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण