फिल्डिङमा कुशल–मिलिन्दको दबदबा, विकेटकिपिङमा भण्डारी उत्कृष्ट
सारांश
- एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट फिल्डिङ प्रदर्शन भएको छ, जसमा कुशल मल्ल र मिलिन्द कुमार शीर्ष स्थानमा छन्।
- मिलिन्द कुमारले एकै खेलमा पाँच क्याच लिएर उत्कृष्ट प्रदर्शन गरे भने कुशल मल्लले चितवनका लागि राम्रो प्रदर्शन गरे।
- विकेटकिपिङमा बिनोद भण्डारी उत्कृष्ट रहे, उनले १० डिस्मिसल गरे भने एडम रोसिङ्टनले पनि राम्रो योगदान दिए।
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा फिल्डिङ विभागले अभूतपूर्व प्रदर्शन देखाएकाे छ। सबैभन्दा धेरै क्याच लिने खेलाडीको सूचीमा चितवन राइनोजका कुशल मल्ल र काठमाडौँ गोर्खाजका मिलिन्द कुमार शीर्ष स्थानमा रहेका छन्। लिग चरणका २८ खेल सकिँदा दुवैले ८–८ क्याच समातेर टोलीलाई निर्णायक क्षणमा महत्वपूर्ण योगदान दिए। विशेष गरी मिलिन्द कुमारले पोखराविरुद्ध एकै खेलमा पाँच क्याच समाते, जुन यस संस्करणको सबैभन्दा उत्कृष्ट र स्मरणीय फिल्डिङ प्रदर्शन मानिएको छ। कुशल मल्लले पनि चितवनका लागि लगातार ‘सेफ ह्यान्ड्स’ को भूमिका निर्वाह गर्दै प्रभावशाली उपस्थिति जनाए।
उच्चस्तरीय फिल्डिङ प्रदर्शनमा काठमाडौँका गेरार्ड इरामस र पोखराका कप्तान कुशल भुर्तेल पनि उतिकै चम्किए। दुवैले ७–७ क्याच समात्दै आफ्नो टोलीका लागि भरपर्दो फिल्डरको छाप छोडेका छन्।
फिल्डिङसँगै विकेटकिपिङ विभागमा पनि कडा प्रतिस्पर्धा देखियो। सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारी ७ क्याच र ३ स्टम्पिङसहित १० डिस्मिसल गर्दै हालसम्म प्रतियोगिताका सर्वश्रेष्ठ विकेटकिपर बनेका छन्। पोखरा एभेञ्जर्सका एडम रोसिङ्टनले ४ क्याच र ३ स्टम्पिङमार्फत टोलीका लागि उल्लेखनीय योगदान दिए।
लिग चरणमा जम्मा २०३ ब्याटर क्याचमार्फत आउट भएका छन्, जसले यस संस्करणमा फिल्डिङको प्रभाव स्पष्ट गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण