दोस्रो एभरेष्ट भेट्रान कप सुरु
सारांश
- मोरङको बेलबारीमा कोशी प्रदेशस्तरीय दोस्रो एभरेष्ट भेट्रान कप फुटबल प्रतियोगिता सुरु भयो।
- उद्घाटन खेलमा युनाइटेड भेट्रान क्लबले चन्द्रगढी भेट्रान क्लबलाई पराजित गर्यो।
- प्रतियोगितामा प्रदेशभरिका १० टिमको सहभागिता रहेको छ, जसमा महेन्द्र विश्वास खवास म्यान अफ दि म्याच बने।
मोरङ। मोरङको बेलबारी–१० भाउन्नेस्थित कोशी प्रदेशस्तरीय दोस्रो एभरेष्ट भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा युनाइटेड भेट्रान क्लब विजयी भएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित दोस्रो एभरेष्ट भेट्रान कप सोमबारदेखि सुरु भएको हो । एभरेष्ट भेट्रान मोरङको आयोजनामा प्रस्तावित डाँगीहाट रङ्गशाला भाउन्नेमा प्रतियोगिता सुरु गरिएको छ ।
उद्घाटन खेल चन्द्रगढी भेट्रान क्लब र युनाइटेड भेट्रान क्लबबीच भएको खेलमा युनाइटेड विजयी भएको हो । खेलको तेस्रौँ मिनेटमा युनाइटेडका महेन्द्र विश्वास खवासले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको लगत्तै खेलको आठौँ मिनेटमा युनाइटेडका तेजमान लिम्बूले दोस्रो गोल थप्दै टिमलाई बलियो बनाए ।
खेलको १६औँ मिनेटमा युनाइटेडका निराजन बस्नेतले तेस्रो गोल गरे । पुनः खवासले एक गोल थप्दै व्यक्तिगत रूपमा दोस्रो तथा टिमका लागि चौथो गोल गर्न सफल भए । खेलको ३३औँ मिनेटमा चन्द्रगढीका प्रेमकुमार लिम्बूले एक गोल फर्काउँदै टिमलाई खेलमा फर्किन खोजे पनि त्यहीँबाट खेलको गति फेरि युनाइटेडतर्फ मोडियो ।
दोस्रो हाफको ११औँ मिनेटमा युनाइटेडका खवासले आफ्नो तेस्रो अर्थात् ह्याट्रिक गोल गर्दै टिमको जीत पक्का गरे । उत्कृष्ट प्रदर्शनका आधारमा खवास म्यान अफ दि म्याच घोषित बनेका छन् । उक्त प्रतियोगितामा प्रदेशभरिका १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष चरण गुरुङले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण