अख्तियारमा संयोग, एकैदिन दुई सहसचिवको बढुवा, आयुक्तको अवकाश
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अवकाशमा गएका छन्।
- सहसचिव राजेन्द्र कुमार पौडेल र पुष्कर सापकोटा सचिवमा बढुवा भएका छन्।
- पौडेल प्रशासन र सापकोटा कानुन तर्फबाट सचिवमा बढुवा भएका हुन्।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार संयोग देखिएको छ । एक आयुक्त र दुई सहसचिव बाहिरिने दिन सोमबार बनेको हाे ।
आयुक्त किशोर सिलवाल अनिवार्य अवकाश भएर बाहिरिएका छन् । सहसचिवद्वय राजेन्द्र कुमार पौडेल र पुष्कर सापकोटाको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । अख्तियारका प्रवक्तासमेत रहेका पौडेल प्रशासनतर्फबाट र सापकोटा कानुन तर्फबाट सचिवमा बढुवा भएका हुन् । सिलवालको सोमबार नै आयोगबाट बिदाइ गरिएको छ । पौडेल र सापकोटा बाहिरिने निश्चित भए पनि सोमबार नै बिदाइ भने भएको छैन ।
आयुक्त सिलवाल ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । उच्च अदालतका कामु मुख्य न्यायाधीशबाट सिलवाल २०७७ माघमा अख्तियारको आयुक्त भएर गएका थिए । उनले अख्तियारमा ५ वर्ष काम गरे । ६ वर्षे कार्यकाल हुने भए पनि उमेर हदका कारण उनी ५ वर्षमा नै अवकाशमा गएका हुन् ।
प्रशासनतर्फको सचिवमा बढुवा गर्नका लागि अख्तियारका प्रवक्ता पौडेलसहित ३ जनाको नाम आइतबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा हुने बढुवा समितिले सिफारिस गरेको थियो । समितिले पौडेलसहित वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सहसचिव इन्दु घिमिरेको नाम सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले सबैभन्दा वरिष्ठ रहेका पौडेललाई बढुवा गरेको हो । उनको पदस्थापन भने भएको छैन । कोशी प्रदेशको प्रमुख सचिव खाली रहेकाले त्यही पदस्थापना हुने सम्भावना रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत बताउँछ ।
कानुनतर्फका आयोगमै कार्यरत सचिव सापकोटालाई सचिवमा बढुवा गर्ने निर्णय पनि सोमबारको बैठकले गरेको छ । सापकोटाको बढुवासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका कानुन सचिव फणीन्द्र गौतम मङ्सिर १८ गते अनिवार्य अवकाशमा गएका थिए । उनको स्थानमा सापकोटाको पदस्थापन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण