समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् ।
भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा आज जारी गरेको सन्देशमा मुख्यमन्त्री आचार्यले सुशासनलाई मजबुत बनाउँदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका हुन्। “भ्रष्टाचार आर्थिक दुराचार मात्रै होइन । यसले सामाजिक मूल्य–मान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासको गति सबैमा गम्भीर असर पार्छ”, शुभकामना सन्देशमा भनेका छन्, “समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ भन्ने स्पष्ट बुझेर सरकारले कानुनी, नीतिगत र संस्थागत संरचना सुदृढ गर्न विविध पहल गरिरहेको छ ।”
भ्रष्टाचार विरुद्धको साझा लडाइँमा प्रदेश सरकार आफ्नो भूमिकामा पूर्णतः प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । मुख्यमन्त्री आचार्यले नेपाल सन् २०११ देखि भ्रष्ट्राचार विरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र बनेको उल्लेख गर्दै त्यसयता सरकार राष्ट्रिय रणनीति र कार्ययोजना बनाएर अन्तरराष्ट्रिय प्रतिबद्धताअनुसार अघि बढिरहेको जानकारी दिए । उनका अनुसार भ्रष्टाचार आर्थिक दुराचार मात्र नभई सामाजिक मूल्य–मान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासमा गम्भीर असर पार्ने समस्या हो ।
उक्त चुनौतीलाई सम्बोधन गर्न प्रदेश सरकारले कानुनी, नीतिगत र संस्थागत संरचना सुदृढीकरणमा विभिन्न पहल अघि बढाएको मुख्यमन्त्री आचार्यले बताए। सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै पाँचवर्षे रणनीतिक योजना कार्यान्वयन भइरहेको उनले जानकारी दिए ।
पूर्वविशिष्ट पदाधिकारीका सेवा–सुविधा कटौती, मुख्यमन्त्री तथा मन्त्रीहरूको आचारसंहिताको कार्यान्वयन, चालू खर्च घटाउने पहल तथा विकास योजना प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यान्वयन गर्ने व्यवस्था पारदर्शिता र जवाफदेहिता बढाउन प्रभावकारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण