कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज
दाङ । घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकाई उत्पादन बिक्री गर्न सहज भएको छ । केन्द्र सञ्चालनमा आएपछि बजारीकरणमा निकै सहज भएको किसानको भनाइ । उपभोक्ताले पनि सस्तो मूल्यमा कृषिजन्य उपज उपभोग गर्न पाएको बताएका छन् ।
जिल्लाका किसानले विगतमा आफ्नै हिसाबले, तरकारी, फलफूललगायत बेच्ने गरे पनि अहिले कृषि उपज केन्द्रमै ल्याउन थालेको स्थानीय सरिता खड्काले बताए ।
घोराही उपमहानगरपालिका–२ रामपुरका किसान अमर चौधरीले पनि अन्यत्रभन्दा केन्द्रमा सस्तोमा तरकारी पाइने बताए। चौधरीले अहिले १० कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । बाहिरको मूल्यभन्दा केन्द्रमा ५/१० रुपैयाँ बढीमा बिक्री गर्ने गरेको उनको भनाइ छ ।
सिजनमा तरकारीले मूल्य पायो भने मासिक ३५ हजार रुपैयाँ बढी आम्दानी गर्न सकिने उनले बताए ।
उपमहानगरपालिकाले सञ्चालन गरेको यस केन्द्रमा किसानले हरेक दिन १५ रुपैयाँ शुल्क तिरेर गाउँबाट ल्याएको ताजा तरकारी बिक्रीका लागि राख्ने गर्छन् । घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि ग्रामीण क्षेत्रका किसानलाई घरघरमै पुगेर तरकारी बिक्री गर्न समस्या भएकोमा अहिले भने सहज भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण