रणवीरको ‘धुरन्धर’ मा चर्चा ‘रहमान डकैत’को, ओस्कारको माग
सारांश
- रणवीर सिंहको फिल्म 'धुरन्धर' ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ, जसमा अक्षय खन्नाको अभिनयको प्रशंसा भइरहेको छ।
- अक्षय खन्नाको संवाद, हाउभाउ र नृत्यको दर्शकले खुलेर प्रशंसा गरेका छन्, र उनलाई ओस्कार अवार्डको लागि माग गरिएको छ।
- फिल्म निर्माता फराह खानले पनि अक्षय खन्नाको अभिनयको प्रशंसा गर्दै उनलाई ओस्कारको हकदार भएको बताएकी छिन्।
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको चलचित्र ‘धुरन्धर’ डिसेम्बर ५ मा रिलिज भएदेखि नै बक्स अफिसमा शानदार कमाई गरिरहेको छ। यो फिल्मले राम्रो कमाइ गरिरहेको मात्र छैन, यसमा खलनायकको भूमिका निभाएका अभिनेता अक्षय खन्नाको पनि व्यापक तारिफ भइरहेको छ।
उनको संवाद प्रस्तुतिदेखि नाच र हाउभाउसम्मको दर्शकले खुलेर प्रशंसा गरिरहेका छन्। प्रशंसा यतिसम्म बढेको छ कि अहिले सामाजिक सञ्जालमा उनका लागि ‘ओस्कार अवार्ड’ सम्मको माग गरिएको छ।

फिल्म निर्माता तथा कोरियोग्राफर फराह खानले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा ‘धुरन्धर’को एउटा भिडियो शेयर गरेकी छिन्। यस भिडियोमा एकातर्फ अक्षय खन्ना ‘रहमान डकैत’को रूपमा देखिएका छन् भने अर्कोतर्फ उनी ‘तीस मार खाँ’ फिल्ममा कमेडी गरिरहेको देखाइएको छ। फराह खानले क्याप्सनमा लेखेकी छन्, ‘अक्षय खन्ना, तिमी साँच्चै ओस्कारको हकदार छौ।’
फराह खान मात्र होइन, सामाजिक सञ्जालमा पनि अक्षय खन्नालाई ओस्कार दिलाउनुपर्ने माग भइरहेको छ। एक प्रयोगकर्ताले एक्स (पहिलेको ट्विटर) मा लेखेका छन्, ‘म अक्षय खन्नाको पात्रबाट बाहिर निस्कन सकिरहेको छैन। म उनको कारण फेरि फिल्म हेर्नेछु। ‘धुरन्धर’मा अक्षय खन्ना हेर्न लायक छन्। धन्यवाद आदित्य धर।’

फिल्म ‘धुरन्धर’मा अक्षय खन्नाले ‘रहमान डकैत’को चरित्र निर्वाह गरेका छन्। उनको यो पात्रलाई अझ सशक्त बनाउनका लागि एउटा विशेष अरबी गीत पनि छायाङ्कन गरिएको छ। यस गीतमा उनको नृत्य, हाउभाउ र समग्र शैली दर्शकले निकै मन पराएका छन्। यही कारणले गर्दा अहिले यो गीतको तुलना फिल्म ‘एनिमल’को ‘जमाल कुडू’ गीतसँग गर्न थालिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण