शाक्यको आक्रोश : केपी ओलीले समग्र महिलाकै अपमान गर्नुभयो
काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि राजनीतिक हिंसा गरेको आरोप लगाएकी छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति अपमानजनक शब्द प्रयोग गर्दै समग्र महिलाकै अपमान गरेको आरोप लगाएकी हुन् ।
आगामी महाधिवेशनमा अध्यक्षको प्रत्याशी रहेका ईश्वर पोखरेल समूहले मंगलबार काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो आरोप लगाएकी हुन् ।
‘एउटा महिलालाई कसरी सम्मान गर्नुपर्छ भन्नेबाट कुरा सुरु गर्नुपर्छ’, उनले पुष्पलाल र दुर्गादेवीको स्मरण गर्दै त्यही हौसलाले महिलाहरू एमालेको राजनीतिमा लागेको बताइन् ।
उनले सामाजिक रूपान्तरणमा योगमायादेखि साहाना प्रधानसम्मको योगदानले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको बताइन् ।
‘एउटा पूर्व राष्ट्रपतिलाई धामी, झाँक्री भनेको के हो ?,’ यस्तो अपमान गर्न पाइन्छ ? सामान्य मान्छेलाई त गर्न पाइँदैन, अझ पूर्व राष्ट्रपतिलाई यो शब्दले अपमान गर्न पाइन्छ ?’, शाक्यले ओलीप्रति प्रश्न गरिन् । उनले नेतृत्वले महिलालाई अपमान गरेको गरेको भन्दै यो विद्याको मात्र अपमान नभएर समग्र महिलाकै अपमान भएको बताइन् । अव एमालेमा महिलालाई अपमान गर्ने नेतृत्व आवश्यक नभएको शाक्यको भनाइ छ ।
एमाले अध्यक्ष ओलीले केही समयअघि एक मिडियासँगको कुराकानीमा भण्डारीप्रति लक्षित गर्दै ‘धामीले जस्तो ढ्याङ ढ्याङ पार्दै अध्यक्ष छोड् भन्दै आउने’ भनेर प्रश्न गरेका थिए ।
शाक्यले नेतृत्वमा रहने मान्छेले यस्तो अभिव्यक्ति दिन नसुहाउने भए पनि ओलीले त्यही गरिरहेको र महिलाप्रतिको दृष्टिकोण नै खराब रहेको आरोप लगाइन् । ‘यो हद नेतृत्वलाई सुहाउँदैन, यो नेतृत्वले गर्न नै हुँदैन तर, गर्न हुन्छ, कसले गर्न हुन्छ?,’ शाक्यले भनिन्, ‘केपी कमरेडले गर्न हुन्छ । किनभने उहाँको सोचै छैन । महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन । महिलालाई अपमान गरेको गर्यै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण