जेनजी र सरकारबिच सम्झौताको ड्राफ्ट तयार, भोलि हस्ताक्षर हुने
सारांश
- सरकार र जेनजीबिचको सम्झौताको मस्यौदा टुङ्गो लाग्यो, र हस्ताक्षरको लागि तयार पारियो।
- भोलि अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा सम्झौतामा हस्ताक्षर हुने भएको छ, प्रधानमन्त्रीको उपस्थितिमा।
- जेनजी आन्दोलनलाई औपचारिक स्वरूप दिन र मागहरू सम्बोधन गर्न यो सम्झौता महत्त्वपूर्ण छ।
काठमाडौँ । सरकार र जेनजीबिचको सम्झौताको मस्यौदा (ड्राफ्ट) टुङ्गो लागेको छ । मंगलबार जेनजी प्रतिनिधि, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिबिच सम्झौताको मस्यौदा टुङ्गो लागेको जेनजी अभियन्ता सुदन गुरुङले जानकारी दिए ।
यससँगै सम्झौताको अन्तिम ड्राफ्टलाई अनुमोदन गरी हस्ताक्षरको लागि तयार पारिएको छ । विभिन्न चरणका छलफलपछि तयार पारिएको यो सम्झौतामा भोलि अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर औपचारिक रूपमा हस्ताक्षर गरिने भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर समारोहमा प्रधानमन्त्रीको उपस्थिति रहने बताइएको छ । यो सम्झौताको मुख्य उद्देश्य गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई औपचारिक र संस्थागत स्वरूप प्रदान गर्नु रहेको अर्का अभियन्ता प्रसुज मैनालीले बताए ।
जेनजीहरूले सरकारसमक्ष आफ्ना मागहरू समावेश गरी विभिन्न बुँदामा सम्झौताको माग गर्दै आएका थिए । यसअघि सरकार र जेनजी प्रतिनिधिहरूबिच सहमति हुन नसक्दा सम्झौतामा के–कस्ता विषयहरू समेट्ने भन्ने कुरा टुङ्गिएको थिएन ।
दुवै पक्षले गहन छलफल गरी सम्झौताको ड्राफ्ट तयार पारेको मैनालीले बताए । यस मस्यौदामा जेनजीका मागहरू सम्बोधन गरिएका विभिन्न बुँदाहरू उल्लेख गरिएका छन् ।
आजमात्रै जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री कार्कीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेका थिए ।
भेटमा गुरुङले सरकार र जेनजीबिच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए । भेटमा गुरुङले जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा सुदनसँगै काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेन पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण