अपडेट
प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे सुदन गुरुङ, सरकार र जेनजीबिचको सम्झौताबारे चासो
मङ्गलबार, २३ मङ्सिर २०८२, १७ : ०४
सारांश
- जेनजी अगुवा सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर सम्झौताको प्रगतिबारे चासो व्यक्त गरे।
- गुरुङले जेनजी आन्दोलनलाई वैधता दिन सम्झौता प्रक्रिया छिटो सक्न र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्न आग्रह गरे।
- उनले आन्दोलनकारी युवामाथि प्रहरी धरपकड र धरौटी तिर्न नसकेर थुनामा परेको गुनासो गरे।
काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेका हुन् ।
भेटमा गुरुङले सरकार र जेनजीबिच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेको बताइएको छ ।
जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरेका थिए । सरकार र जेनजीबीच सम्झौता गत साता नै गर्ने भनिएपनि ढिलाइ हुँदै आएको बेला गुरुङ प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण