‘काँडेतार’को विशेष प्रदर्शनमा गायिका सत्यकला राई सम्मानित
सारांश
- गायिका सत्यकला राईलाई अमेरिकामा ग्लोबल पिपुल एलायन्सले 'शान्ति दूत'को रूपमा सम्मान गरेको छ।
- राईद्वारा निर्मित फिल्म 'काँडेतार'को विशेष प्रदर्शन कार्यक्रममा गरिएको थियो, जसले राष्ट्रियताको वकालत गरेको बताइएको छ।
- 'काँडेतार' फिल्म नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने विषयमा आधारित छ, जसमा सत्यकला राईको कार्यकारी निर्माण रहेको छ।
काठमाडौँ । गायिका सत्यकला राई अमेरिकामा सम्मानित भएकी छन् । ग्लोबल पिपुल एलायन्सद्धारा आयोजित एक विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको हो । राईलाई नेपाली गीतसंगीतमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थाले ‘शान्ति दूत’को रूपमा सम्मान गरेको हो ।
कल्याण फाउन्डेशनको सह–आयोजना रहेको कार्यक्रममा राईद्वारा निर्मित फिल्म ‘काँडेतार’को विशेष प्रदर्शन समेत गरिएको थियो । प्रिमिएर सहभागी अधिकांशले फिल्मले राष्ट्रियताको वकालत गरेको भन्दै सबैले हेर्न र सहयोग गर्न अनुरोध गरे ।
कार्यक्रममा ग्लोबल पिपुल एलायन्सका संस्थापक वैज्ञानिक डा. प्रदीप बास्तोला, अध्यक्ष काशी अधिकारीलगायत अमेरिका निवासी थुप्रै नेपालीको सहभागिता थियो । राई बेलायत र क्यानडापछि ‘काँडेतार’ लिएर अमेरिका पुगेकी हुन् । अमेरिकामा फिल्मको एक दर्जन बढी शो हुनेछ ।
नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’ले नेपाल–भारतबिचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनुपर्ने विषय कथाको रूपमा उठाएको छ । सत्यकला राईको कार्यकारी निर्माण रहेको फिल्ममा निर्देशक नवलसहित गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ लगायतको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण