पोखरामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
बुधबार, २४ मङ्सिर २०८२, १२ : ५४
कास्की । कास्की प्रहरीले पोखरा महानगरपालिका-५ स्थित तमु समाजको भवनबाट जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सोही महानगरपालिका-५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरुङसमेत ७ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट प्रहरीले नगद ४६ हजार ८ सय ६० रुपैयाँ र ४ बुक तास बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण