मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

नागार्जुनको डेराबाट गहना र नगद चोरी

बुधबार, २४ मङ्सिर २०८२, १२ : ५८
बुधबार, २४ मङ्सिर २०८२

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-४ मा डेरा गरी बस्ने एक महिलाको कोठाबाट सुनका गरगहना र नगद चोरी भएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका-२ घर भएकी २८ वर्षीया रुबिना खातुनको कोठाबाट मंगलबार दिउँसो चोरी भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। करिब ५ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी भइरहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप