रौतहटमा रु १२ करोड ७८ लाख लागतको सडक निर्माणको शिलान्यास
सारांश
- रौतहट क्षेत्रका प्रदेश सांसद युवराज भट्टराईले महत्त्वपूर्ण पूर्वाधार विकास आयोजनाको शिलान्यास गरे।
- वृन्दावन नगरपालिकामा १२ करोड ७८ लाख रुपैयाँको लागतमा नाला सहितको कालोपत्रे सडक बन्ने।
- सांसदका अनुसार सडक निर्माणपछि स्थानीयले यातायातमा सहजता पाउनेछन् र जलजमावको समस्या हट्नेछ।
रौतहट । रौतहट क्षेत्र नम्बर ४ का प्रदेश सांसद युवराज भट्टराई ‘समीर’ ले बुधवार महत्त्वपूर्ण पूर्वाधार विकास आयोजनाको शिलान्यास गरेका छन्।
जिल्लाको वृन्दावन नगरपालिकाअन्तर्गत विश्रामपुर, बेनौली, नरकटिया र हर्दिया गाउँहरूलाई जोड्ने नाला सहितको कालोपत्रे सडक निर्माण कार्यको औपचारिक शुभारम्भ सांसद भट्टराईले शिलान्यास मार्फत गरेका हुन्।
यो आयोजना मधेस प्रदेश सरकारको कुल १२ करोड ७८ लाख रुपैयाँ को लागतमा निर्माण हुन लागेको हो। सांसद भट्टराईले सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले सहज र सुरक्षित यातायात सुविधा पाउने तथा दीर्घकालीन रूपमा जलजमावको समस्या समाधान हुने अपेक्षा व्यक्त गरेका छन्।
शिलान्यास कार्यक्रममा पूर्व सांसद देवेन्द्र पटेल, वृन्दावन नगरपालिकाका पूर्व मेयर राम स्नेही यादव, मेयरका प्रत्याशी प्रेमशंकर यादव, समाजसेवी रामप्रसाद पटेल लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण