भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नेतर्फ सरकारको ध्यान छ : सञ्चारमन्त्री खरेल
सारांश
- मन्त्री खरेलले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न सरकारले विशेष ध्यान दिएको बताए।
- उनले पछिल्लो दुई महिनामा २५ भन्दा बढी भ्रष्टाचारका मुद्दा दर्ता भएको जानकारी दिए।
- मन्त्री खरेलले पत्रकारहरूलाई राजनीतिमा आएर देशको नेतृत्व गर्न सुझाव दिए।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका छन्।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समूहले बुधवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले सुशासन कायम हुनुपर्ने जनआन्दोलनको प्रमुख मुद्दा भएको बताएका हुन्। त्यसैको परिणाम स्वरूप पछिल्लो दुई महिनामा २५ भन्दा बढी ठुला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता भइसकेको उनले जानकारी दिए।
मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान ब्युरो, अख्तियार लगायतका राज्यका निकायहरूमाथि सरकारले कुनै हस्तक्षेप नगरेको र ती निकायहरूले स्वतःस्फूर्त रूपमा प्रभावकारी ढङ्गले काम गरेको जिकिर गरे। उनले सरकारलाई निर्वाचनको जिम्मेवारी समेत तोकिएकोले समयमै निर्वाचन गर्नका लागि सरकारका तर्फबाट सबै तयारी गरिसकेको जानकारी पनि दिए।
यसै क्रममा मन्त्री खरेलले कलम चलाउने पत्रकारहरूमा देशको नेतृत्व गर्ने अवसर सिर्जना भएकाले आगामी निर्वाचनमा महिला पत्रकारहरूलाई राजनीतिमा आएर देश चलाउने आँट गर्न सुझाव समेत दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण