एसेज तेस्रो टेस्टका लागि अस्ट्रेलियाका कप्तान कमिन्स टिममा फर्किए
काठमाडौँ । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स इङ्गल्यान्डविरुद्धको निर्णायक मानिएको तेस्रो एसेज टेस्टका लागि टोलीमा फर्किएका छन् ।
ढाडको समस्याका कारण पहिलो दुई टेस्ट गुमाएका तीव्र गतिका बलर कमिन्स अर्को हप्ता एडिलेडमा हुने खेलका लागि टोलीमा फर्किएका हुन् ।
ब्रिस्बेनमा आठ विकेटको जितपछि अस्ट्रेलियाको टोलीमा कमिन्सको थप मात्र एक मात्र परिवर्तन हो। पाँच खेलको शृङ्खलामा २–० को अग्रता बनाएको अस्ट्रेलियालाई एसेज ट्रफी कायम राख्न एडिलेडमा हुने तेस्रो टेस्टमा बराबरी गरे मात्र पुग्छ, भने जितले शृङ्खला नै जित्नेछ ।
इङ्गल्यान्डले एसेजमा अहिलेसम्म २–० को पछि परेको अवस्थाबाट पुनरागमन गरी शृङ्खला जितेको इतिहास छैन। तेस्रो टेस्ट डिसेम्बर १७ बाट सुरु हुँदैछ ।
जुलाईदेखि मैदान बाहिर रहेका कमिन्सले पहिलो दुई टेस्टको समयमा टोलीका अन्य सदस्यहरूसँग प्रशिक्षण गरेका थिए । अस्ट्रेलियाका विकेटकिपर एलेक्स केरीले भने, ‘उनी (कमिन्स) राम्रोसँग खेलिरहेको देखिन्छन् । उनी धेरै ऊर्जाका साथ पूरै समय समूहसँगै थिए ।’
अस्ट्रेलियाको बाँकी टोली अपेक्षित नै छ, जहाँ तिघ्रा र ‘एकिलीज’ को समस्याका कारण तीव्र गतिका बलर जोस हेजलवुड बाँकी शृङ्खलाका लागि टोली बाहिर रहेका छन्। तीव्र गतिका बलर झाई रिचर्डसन पनि काँधको चोटबाट निको हुँदै शृङ्खलाको पछिल्ला खेलहरू खेल्ने सम्भावनाका साथ एडिलेडमा टोलीसँगै प्रशिक्षण गर्नेछन् ।
ब्रिस्बेनमा टोलीबाट बाहिर रहेका अफ–स्पिनर नाथन लियोन एडिलेडमा फर्कने अपेक्षा गरिएको छ । यदि लियोन कमिन्ससँगै टोलीमा समावेश भएमा तीव्र गतिका बलर ब्रेन्डन डगेट र माइकल नेसर बाहिर बस्न सक्छन् ।
अस्ट्रेलियाले ओपनर उस्मान ख्वाजालाई लिएर पनि अर्को निर्णय गर्नुपर्नेछ। ढाडको समस्याका कारण पहिलो टेस्टमा ओपनिङ गर्न नसकेका ख्वाजाले दोस्रो टेस्ट पनि गुमाएका थिए ।
उनको अनुपस्थितिमा ट्राभिस हेड र जेक वेदरल्डले राम्रो ओपनिङ साझेदारी गरेका छन् । त्यसैले, ख्वाजाले मध्यक्रममा जोश इन्ग्लिससँग प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण