मानवअधिकारलाई राजनीतिक प्रभावबाट जोगाउनुपर्छ : प्रधानन्यायाधीश राउत
जनकपुरधाम । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारजस्तो संवेदनशील विषयलाई राजनीतिक स्वार्थ र प्रभावबाट जोगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनकपुरधाममा नेपाल बार एसोसिएसनले आयोजना गरेको दुई दिने राष्ट्रिय मानवअधिकार गोष्ठीको बुधबार उद्घाटन गर्दै उनले पछिल्ला वर्षहरूमा मानवअधिकारसम्बन्धी मुद्दा झन् जटिल र पेचिलो बन्दै गएको बताए ।
उनका अनुसार मानवअधिकारको क्षेत्रमा राजनीति मिसिन थालेपछि शङ्का–उपशङ्का बढ्न थाल्ने, जसले वातावरण नै विषाक्त बन्न सक्ने खतरा देखा परेको छ ।
“मानवअधिकारलाई राजनीतिक प्रभावबाट पूर्ण रूपमा अलग राख्नु आजको आवश्यकतामध्ये एक हो,” उनले भने ।
राउतले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अदालत र मिसिलहरू जलाइएका घटनालाई गम्भीरतापूर्वक स्मरण गर्दै त्यसले कागजात मात्र होइन, नेपाली जनता र राज्यको सम्पत्तिमाथि आक्रमण भएको टिप्पणी गरे । “मिसिलहरू जलाइए, तर हाम्रो इमान र निष्ठा खरानी भएको छैन,” उनले दृढता प्रकट गर्दै भने ।
गोष्ठीमा कानुन व्यवसायी, मानवअधिकारकर्मी तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूले सहभागी भएर वर्तमान मानवअधिकार अवस्था र सुधारका उपायबारे छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण