एनपीएल इलिमिनेटर : काठमान्डुले जित्यो टस, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै
बुधबार, २४ मङ्सिर २०८२, १५ : ५१
काठमाडौँ । दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा काठमान्डु गाेर्खाजले लुम्बिनी लायन्स विरुद्ध बुधबार टस जितेर पहिले ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डुले ब्याटिङ गर्ने भएकाे हाे ।
यो ‘नकआउट’ खेल भएकाले पराजित हुने टोलीको यात्रा यहीँ समाप्त हुनेछ भने विजेताले उपाधिको सम्भावना कायमै राख्नेछ ।
यद्यपि आज जित्ने टोली सिधै फाइनल भने पुग्ने छैन । फाइनल प्रवेशका लागि विजेता टोलीले दोस्रो क्वालिफायरको अर्को खुड्किलो पार गर्नुपर्नेछ ।
पहिलो क्वालिफायरमा मंगलबार विराटनगर किङ्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ ।
अब यस इलिमिनेटर खेलको विजेताले फाइनल प्रवेशका लागि भोलि विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण