महन्थ, वृषेशचन्द्र र हृदयेशको पार्टीबिच एकता हुने
काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, वृषेशचन्द्रलालको तराई–मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) र हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीबिच एकता हुने भएको छ ।
बुधबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ,'एकता आवश्यक भएको मनन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी एकजुट भई एकीकृत हुने निर्णय गरेका छौँ ।'
देशमा हाल विकसित परिस्थितिको निकास र भ्रष्टाचार तथा बेथितिको अन्त्य गर्दै विधिको पूर्ण सुशासन कायम गर्न ताजा जनादेशको लागि आम निर्वाचन नै एकमात्र विकल्प भएको ठहर समेत गरिएको छ ।
वास्तविक राष्ट्रिय एकताको मजबूती र संवर्द्धनको एकमात्र बाटो समान नागरिक अधिकार, राज्यका हरेक अङ्गमा समानुपातिक समावेशिता र विविधताको सम्मानको सुनिश्चितता नै भएको तथा सो दिशामा अगाडि बढ्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध सिमान्तिकरणमा पारिएकाहरूको वृहत् राजनीतिक शक्तिको निर्माण गर्न एकताको निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मधेश, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत सिमान्तिकरणमा पारिएकाहरूको प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्ति र व्यक्तित्वहरुसँग अभियानमा सहभागी हुन अपिल समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण