फाइनल प्रवेशका लागि आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबिच निर्णायक भिडन्त
सारांश
- एनपीएल दोस्रो संस्करणको फाइनल प्रवेशका लागि विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।
- लुम्बिनीले एलिमिनेटरमा काठमाण्डुलाई हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
- विराटनगर लिगमा लुम्बिनीसँग हारेको थियो र फाइनलमा पुग्न चाहन्छ।
काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज (बिहीबार) किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल हुँदैछ । दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् ।
लिग चरणमा लुम्बिनी लायन्ससँग ५ विकेटले पराजित भएको विराटनगर आज त्यसको बदला सहित फाइनलमा स्थान बनाउन इच्छुक छ । यता गत सिजनको तुलनामा उत्कृष्ट प्रदर्शन गरिरहेको लुम्बिनी पनि उपाधि जित्ने लक्ष्यमा महत्त्वपूर्ण जित खोज्दै मैदानमा उत्रिने तयारीमा छ ।

हिजो (बुधबार) भएको ‘एलिमिनेटर’मा काठमाण्डु गुर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो । विराटनगर भने पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७७ रनले पराजित भएको थियो । सो जितसँगै सुदूरपश्चिम फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
आजको विजेताले शनिबार हुने फाइनलमा उपाधिकालागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
-
‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
-
हर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण