बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोदी र नेतन्याहूबिच टेलिफोन वार्ता

बिहीबार, २५ मङ्सिर २०८२, १० : ४५
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • प्रधानमन्त्री मोदी र इजरायली प्रधानमन्त्री नेतन्याहुबीच टेलिफोन वार्ता भयो।
  • दुई देशबीचको रणनीतिक साझेदारी र सहयोगलाई सुदृढ गर्ने सहमति भएको छ।
  • गाजा शान्ति योजनालाई छिट्टै लागू गर्ने विषयमा पनि छलफल भएको छ।

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबिच बुधबार टेलिफोनमा कुराकानी भएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै आफूले मित्र नेतन्याहूसँग कुरा गरेको जानकारी दिएका हुन्। 

उनले भारत–इजरायल रणनीतिक साझेदारीमा भएको प्रगतिको समीक्षा गरेको र दुई देशबिचको सहयोगलाई अझ सुदृढ गर्न सहमति जनाएको उल्लेख गरेका छन्। मोदीले आतंकवादप्रति शून्य सहनशीलताको साझा प्रतिबद्धतालाई पनि दोहोर्‍याएका छन् । 

उनले क्षेत्रमा दिगो शान्ति हासिल गर्नका लागि भइरहेका हरेक प्रयासलाई भारतले समर्थन गर्ने बताएका छन् । प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) ले एक विज्ञप्ति जारी गर्दै दुवै नेताहरूबिच गाजा शान्ति योजनालाई छिट्टै लागू गर्ने विषयमा पनि छलफल भएको जनाएको छ।

इजरायली प्रधानमन्त्री कार्यालयले पनि एक्समा दुई नेताहरूबिच न्यानो संवाद भएको र दुवै नेता छिट्टै भेटघाट गर्न सहमत भएको जानकारी दिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, इजरायलका भरपर्दो स्रोतहरूले हालै दिल्लीमा भएको बम विस्फोटपछि सुरक्षा चिन्ताका कारण नेतन्याहूले आफ्नो भारत भ्रमण स्थगित गरेको भन्ने रिपोर्टहरूलाई खारेज गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप