चौधरी र किराँतीलाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको प्रतिभा सम्मान
बिहीबार, २५ मङ्सिर २०८२, १२ : ५६
सारांश
- नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले दुई साहित्यकारलाई सम्मान तथा पुरस्कृत गरेको छ।
- पत्रकार विजेता चौधरीलाई प्रतिभा पुरस्कार र कवि जसराज किराँतीलाई विशिष्ट सम्मान प्रदान गरियो।
- कार्यक्रममा प्रमुख अतिथि वैरागी काइँलाले संस्थाको योगदानको प्रशंसा गरे।
काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपालका दुई जना साहित्यकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा नेपाली र मैथिली साहित्यमा कलम चलाउँदै आएकी पत्रकार विजेता चौधरी र अग्रज कवि जसराज किराँतीलाई नगद राशि एक–एक लाखसहित सम्मान गरेको छ ।
चौधरीलाई प्रतिभा पुरस्कार र किराँतीलाई प्रतिभा विशिष्ट सम्मान प्रदान गरेको छ । दुवै जनालाई कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलाले प्रदान गरेका थिए ।
प्रमुख अतिथि काइँलाले प्रवासमा स्थापित यस संस्थाले नेपाली भाषा, साहित्य र कला संस्कृतिका क्षेत्रमा दिएको योगदानको प्रशंसा गरे ।
वरिष्ठ साहित्यकार किराँतीलाई साहित्यमा भुइँमानिसको पीडालाई सम्बोधन गर्ने व्यक्ति तथा चौधरीलाई मधेसी समाजको जीवन र संवेदनालाई उजार गर्ने प्रतिभाको रूपमा उनले प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण