रानीबारी क्षेत्रका कवाडी सङ्कलन केन्द्रमा काठमाडौँ महानगरले चलायो डोजर
बिहीबार, २५ मङ्सिर २०८२, १४ : ३४
सारांश
- काठमाडौं महानगरपालिकाले रानीबारी क्षेत्रका कवाडी सङ्कलन केन्द्रहरूमा डोजर चलायो।
- बस्तीको बीचमा कवाडी केन्द्रहरू भएकोले जोखिम बढेपछि ती केन्द्रहरू हटाइयो।
- महानगरपालिकाको अभियानको विरुद्धमा कवाडी व्यवसायीहरूले विरोध जनाएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको रानीबारी क्षेत्रमा रहेका कवाडी सङ्कलन केन्द्रहरूमा डोजर चलाएर हटाएको छ। बिहीबार महानगर प्रहरी बलले रानीबारी क्षेत्रको टाउनप्लानिङ्गभित्र रहेका दुई वटा कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएको हो।
बस्तीका बिचमा कवाडी सङ्कलन केन्द्र रहँदा जोखिम हुने भएकाले ती केन्द्रहरू हटाइएको काठमाडौँ महानगर प्रहरी बलले जनाएको छ। महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड सङ्कलन केन्द्रहरू हटाउने भन्दै अभियान नै सञ्चालन गरिरहेको छ।
महानगरको यो अभियानका विरुद्ध कवाड व्यवसायीहरूले भने विरोध गर्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण