सेयर बजारमा सामान्य गिरावट, साढे ३ अर्बको कारोबार
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक १.६६ अङ्कले घटेर २ हजार ६०७.३७ विन्दुमा बन्द भएको हो । यो अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशतको गिरावट हो ।
आज नेप्सेमा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३२६ कम्पनीका ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ६९ हजार ७२९ पटक किनबेच भएका छन् ।
कारोबारमा आएका कम्पनीहरूमध्ये ९८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको मूल्य घटेको छ ।
११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । आज सर्वाधिक कमाउने कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेका छन् । स्वस्तिक सेयर मूल्य १० प्रतिशतले र एसवाई प्यानलको ९.९८ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज ङादी पावर अग्रस्थानमा रहेको छ। यसको १८ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै, साहस ऊर्जाको लागि १२ करोड ३५ लाख रुपैयाँको कारोबार हुँदा अन्य स्क्रिपको कारोबार १० करोडभन्दा कम छ । समग्रमा बजार पूँजीकरण ४३ खर्ब ७७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण