जाँचबुझ आयोगले लिन थाल्यो दवाडी र खापुङसँग बयान
सारांश
- जेनजी घटनाको जाँचबुझ गर्न गठित आयोगले तत्कालीन गृह सचिव र आईजीपीसँग बयान लिन सुरु गरेको छ।
- तत्कालीन गृह सचिव र आईजीपी दुवैलाई जेनजी प्रदर्शनको समयमा भूमिकाबारे सोधपुछ भइरहेको छ।
- आयोगले जेनजी प्रदर्शनमा किशोरहरूको ज्यान जाने अवस्थाबारे छानबिन गरिरहेको छ।
काठमाडौँ । जेनजी घटनाबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँग बयान लिन थालेको छ । बिहीबारबाट उनीहरूको बयान लिन थालिएको आयोगका एक जना पदाधिकारीले रातोपाटीलाई बताए ।
जेनजी प्रदर्शन हुँदा गृह मन्त्रालयमा रहेका दुवाडीलाई अन्तरिम सरकाले असोज ७ मा राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो । मङ्सिर ९ देखी उनी अवकाशमा गएका छन् ।
जेनजी प्रदर्शन हुँदा आईजीपी रहेका खापुङ कात्तिक २६ मा सेवा निवृत भएका थिए । प्रदर्शनमा किशोरहरूको ज्यान जानेगरी बल प्रयोग गर्नुपर्ने अवस्था कसरी आयो भनेर आयोगका पदाधिकारीहरूले उनीहरूसँग बयान लिन थालेका छन् ।
भदौ १९ बाट प्रहरीको कमान्ड समालेका खापुङले आईजीपी भएको पाँचौँ दिनमा नै जेनजी प्रदर्शनको मार खेपेका थिए । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग पनि बयान लिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण