जाजरकोटमा एयर गनसहित एक युवक पक्राउ
सारांश
- जाजरकोट प्रहरीले अवैध हतियारसहित बारेकोटका दीपेन्द्र बस्नेतलाई पक्राउ गरेको छ।
- प्रहरीले बस्नेतको घर र टहरा खानतलासी गर्दा एयरगन फेला पारेको थियो।
- प्रहरीले बस्नेतलाई हातहतियार खरखजना कसुरमा अनुसन्धान गरिरहेको छ र अदालतबाट म्याद थपिएको छ।
जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले अवैध रूपमा लुकाई छिपाई राखेको हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारेकोट गाउँपालिका- १ बयाला बस्ने वर्ष २३ का दीपेन्द्र बस्नेत रहेका छन् ।
बस्नेतले आफ्नो साथमा गैरकानूनी रूपमा हातहतियार राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारेकोटबाट खटिएको प्रहरी टोलीले उनको घर तथा टहरा खानतलासी गरेको थियो ।
त्यसक्रममा बस्नेतको अस्थायी टहराभित्र रहेको खरको मुठा मुनि लुकाई छिपाई राखेको अवस्थामा १ थान एयरगन फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीरकुमार खड्काले जानकारी दिए ।
प्रहरीले बस्नेतलाई नियन्त्रणमा लिई हातहतियार खरखजना सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका बस्नेतलाई बिहीबार जिल्ला अदालत जाजरकोटबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण