लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३४ रन बनाएको हो ।
लुम्बिनीका लागि ड्रार्सी शर्टले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै, कप्तान रोहित कुमार पौडेलले ३४ रन बनाउँदा निरोशन डिकोयलाले २९ रन जोडे ।
बलिङतर्फ विराटनगरका लागि सुवास भण्डारी र प्रतिश जिसीले समान तीन–तीन विकेट लिए । त्यस्तै, सन्दीप लामिछानेले दुई विकेट लिए ।
आजको खेलमा जित निकाल्दै दुवै टोलीको लक्ष्य पहिलो पटक फाइनलमा स्थान बनाउने योजना हुनेछ । यो खेल जित्ने टोलीले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण