एनपीएल क्रिकेटको पास बिक्रीमा मेरो संलग्नता छैन : स्ववियु सदस्य रोकाया
सारांश
- त्रिभुवन विश्वविद्यालय स्ववियु सदस्य सिकेन्द्र रोकायाले एनपीएल क्रिकेट पास दुरुपयोगमा आफ्नो संलग्नता अस्वीकार गरे।
- रोकायाले पास वितरणमा रकम लेनदेन नगरेको र आफूलाई फसाउन खोजिएको बताए।
- उनले पास बिक्रीमा संलग्नता अस्वीकार गर्दै कुनै पनि अवैध कार्य नगरेको दाबी गरे।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका सदस्य सिकेन्द्र रोकायाले एनपीएल क्रिकेट प्रतियोगिताको पास दुरुपयोग सम्बन्धमा आफ्नो संलग्नता नरहेको प्रस्ट पारेका छन् ।
बिहीबार रातोपाटीमा ‘एनपीएल क्रिकेट : क्यानले स्ववियुलाई दिएको पास दुरुपयोग गरेको आरोप’ शीर्षकमा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै रोकायाले पास वितरणमा आफूले कसैसँग रकमको लेनदेन नगरेको प्रस्ट पारेका छन् ।
दैनिक रूपमा स्ववियुबाट २/३ वटा पास उपलब्ध हुने गरेको र दिनभर १०० भन्दा बढी विद्यार्थी तथा सम्बन्धित व्यक्तिहरूबाट पास उपलब्ध गराइदिन अनुरोध आउने गरेको जिकिर गर्दै उनले नियमित प्रक्रियाअनुसार आफूले दिएको पासलाई आधार बनाएर केही व्यक्तिले नियोजित रूपमा आफ्नो नाम जोडेर पास बिक्री गरेको भन्ने आरोप लगाएर फसाउन खोजेको जनाएका छन् ।
आफूले पास उपलब्ध गराएबापत कसैसँग पैसा नलिएको र आफूले दिएको पास सम्बन्धित व्यक्तिले बिक्री गरेको भएमा पनि आफूलाई स्वाभाविक रूपमा जानकारी नहुने रोकायाले प्रस्ट पारेका छन् ।
‘मैले कसैसँग कुनै पनि माध्यमबाट पैसा लिएको छैन । मेरो बैंक खाता, मोबाइल बैंकिङ, ई–सेवा वा अन्य वित्तीय माध्यममा यस्तो कार्यक्रममा सम्बन्धित कुनै रकम प्रवेश भएको छैन, र म कुनै पनि प्रकारको अवैध कार्य, अनियमितता वा पास बिक्रीजस्ता गतिविधिमा संलग्न छैन,’ रातोपाटीलाई इमेलमार्फत उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण