एनपीएल क्रिकेट : क्यानले स्ववियुलाई दिएको पास दुरुपयोग गरेको आरोप
सारांश
- त्रिवि क्रिकेट मैदानमा भइरहेको एनपीएलमा स्ववियुलाई दिइने पास दुरुपयोग भएको आरोप लागेको छ।
- पास ब्ल्याकमा बेचेको आरोपमा क्रिकेट समर्थकले एक विद्यार्थीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए।
- क्यानले स्ववियुलाई दिने पास १५ सयदेखि २ हजारसम्ममा बिक्री हुने गरेको विद्यार्थीहरूको आरोप छ।
काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा मैदान प्रवेशका लागि क्यानले स्ववियुलाई दिने गरेको पास दुरुपयोग भएको आरोप छ । स्ववियुलाई क्यानले दिएको पास ब्ल्याकमा बेचेको आरोपमा क्रिकेट समर्थकले मंगलबार त्रिविमा अध्ययनरत मानव क्षेत्रीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
बझाङ घर भएका क्षेत्रीले सुदुरपश्चिम रोयल्स र बिराटनगर किङ्सको खेल हेर्नेगरी दिएको पास पास बेचेको आरोप छ । विद्यार्थीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएसँगै क्षेत्रीले साे पास आफूलाई स्ववियु सदस्य सिकेन्द्र रोकायाले दिएको बताएका थिए । साे घटनासँगै पास दुरुपयोग भएको खुलेको हो ।
स्ववियु स्रोतका अनुसार क्यानले दैनिक स्ववियुलाई ५० वटा पास उपलब्ध गराउँदै आएको छ । प्रहरी वृत्त कीर्तिपुरका डीएसपी शिवकुमार बुढाथोकीले एक जनालाई क्रिकेट प्रेमीहरूले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको र उनलाई सम्झाई बुझाई गरेर छाडिएको बताए । प्रहरीलाई जिम्मा लगाएपछि क्षेत्रीले पास बेचेबापत लिएको रकम फिर्ता गरेका छन् ।
क्यानले दिएको पास किनबेच हुने गरेको बारे त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीले आफूले क्यानबाट कुनै पास नलिएको दाबी गरे । उनले भने, ‘मैले चाहिँ पास लिएको छैन, क्रिकेट प्रेमीहरूले नियन्त्रणमा लिएका एक जनाले मेरो समितिका केही सदस्यको नाम लिएको रहेछ, त्यसबारे म स्पष्टीकरण सोध्छु ।’
क्यानले निःशुल्क उपलब्ध गराउने पास १५ सयदेखि २ हजार सम्ममा बिक्री हुने गरेको विद्यार्थीहरूको आरोप छ । त्यसबारे तथ्य छानबिन गरिने सभापति जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण