ईश्वर पक्षका युवाको छुट्टै भेला, शंकरको पत्रकार सम्मेलन
सारांश
- एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले युवा भेला आयोजना गर्यो।
- ओली पक्षको स्वयंसेवक भेलाको काउन्टर दिन पोखरेल समूहले युवा भेला बोलायो।
- महाधिवेशनको व्यवस्थापनमा असन्तुष्टि जनाउँदै पोखरेल समूहले भेला बोलाएको हो।
काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आफ्नो पक्षका युवाको भेला आयोजना गरेको छ । एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन पोखरेल समूहले युवा भेलाको आयोजना गरेको हो ।
ओली पक्षले बिहीबार स्वयंसेवक भेला आयोजना गरेपछि पोखरेल पक्षले त्यसलाई काउन्टर दिन शुक्रबार युवा भेलाको आयोजना गरेको हो ।
पोखरेल समूहले महाधिवेशनको व्यवस्थापनसँग सम्बन्धित कतिपय कामहरूमा आफूहरूलाई सहभागी नगराएको भन्दै असन्तुष्टि पोख्दै आएको छ । त्यही असन्तुष्टिस्वरुप शुक्रबार बिहान साढे ११ बजे युवा भेला बोलाएको पोखरेल पक्षका एक नेताले बताए । उनका अनुसार भेला काठमाडौँको कार्की बैंक्वेटमा आयोजना गरिएको छ ।
कार्यक्रममा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल लगायत सो समूहका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
यसैबिच एमाले महासचिव शंकर पोखरेलले शनिबारबाट सुरु हुने ११ औं महाधिवेशन तयारीबारे भक्तपुर स्थित सल्लाघारीमा पत्रकार सम्मेलन गर्दैछन् । दिउँसो २ बजे हुने पत्रकार सम्मेलनमा महाधिवेशनको तयारीबारे जानकारी दिइने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् । शुक्रबार नै एमाले सचिवालय बैठक बोलाइएको छ । पार्टी कार्यालय च्यासलमा बस्ने सचिवालय बैठकमा विधान संशोधन र ५ प्रतिशत मनोनीत प्रतिनिधिबारे छलफल हुने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण