'मन बिनाको धन' अब अमेरिकामा प्रदर्शन हुने
काठमाडौँ । नेपालमा पाँचौँ हप्तामा प्रदर्शनरत फिल्म ‘मन बिनाको धन’ अब अमेरिकामा प्रदर्शन हुने भएको छ । सानो गाउँबाट सुरु भएको बाल गायक तथा अभिनेता अशोक दर्जीको सङ्घर्षपूर्ण जीवनयात्राको कथामा बनेको फिल्म अमेरिकामा ग्रेट इभेन्ट मुभीले प्रदर्शन गर्न लागेको हो ।
अमेरिकामा बस्ने नेपाली समुदायले अशोक दर्जीको घर निर्माणका समयमा गरेको साथ–सहयोग सम्झिँदै फिल्म अमेरिकामा प्रदर्शन गर्न लागेको ग्रेट इभेन्ट मुभीका डा. कुमार गुरुङले बताए ।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल र विजय डंगोललगायत कलाकारको अभिनय छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्म टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा विष्णुमाया मैनालीले निर्माण गरेकी हुन् । फिल्ममा टंक बुढाथोकीकै संगीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण