मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकैदिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार, २६ मङ्सिर २०८२, ११ : २४
शुक्रबार, २६ मङ्सिर २०८२

काठमाडाैँ । शुक्रबार एकैदिन सुनको मूल्य उच्च दरले वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार शुक्रबार प्रतितोला सुन ३५ सय रुपैयाँले बढेको छ ।

बिहीवार २ लाख ५३ हजार १०० रुपैयाँ प्रतितोला रहेको सुन शुक्रवार बढेर २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ ।

चाँदी प्रतितोला १०० रुपैयाँले बढेको छ । बिहीबार ३ हजार ८०५ रुपैयाँ रहेको चाँदी शुक्रबार ३ हजार ९०५ रुपैयाँ पुगेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप