रौतहटमा ट्रक–कार ठोक्किँदा एक वृद्धको मृत्यु, ओभरटेक नै दुर्घटनाको प्रारम्भिक कारण
सारांश
- रौतहटको चन्द्रपुरमा ट्रक र कार दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ।
- दुर्घटनामा कार चालक र एक यात्रु घाइते भएका छन्, जसमध्ये चालकको टाउकोमा चोट लागेको छ।
- प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर ओभरटेकका क्रममा भएको लापरबाहीबारे अनुसन्धान गरिरहेको छ।
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचक नजिक आज बिहान भएको ट्रक र कार दुर्घटनामा ज्यान गुमाएका वृद्धको पहिचान खुलेको छ।
आज बिहान करिब ७:५० बजे बागमती प्रदेश–०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक–अर्कालाई ओभरटेक गर्ने क्रममा आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरका अनुसार दुर्घटनामा कारमा सवार बारा निजगढ–३ का ७९ वर्षीय भक्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा कार चालक निजगढका ३० वर्षीय दिनेश थपलियाको टाउको र अनुहारमा चोट लागेको छ भने चन्द्रपुर–६ का २० वर्षीय डोरमणि सापकोटालाई बाहिरी चोट नलागे पनि छाती दुख्ने समस्या देखिएको ट्राफिक प्रहरीले जनाएको छ।
घटनापछि ट्रक चालक मकवानपुर, हेटौंडा–७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनीगाहपुरले ओभरटेकका क्रममा भएको लापरबाही नै दुर्घटनाको प्रारम्भिक कारण देखिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण