कांग्रेस सहमहामन्त्री राठौर दुई जिल्लाबाट उम्मेदवार सिफारिस
बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर दुई जिल्लाबाट उम्मेदवार सिफारिस भएका छन् ।
बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट सहमहामन्त्री राठौर पहिलो नम्बरमा सिफारिस भएका छन् । त्यस्तै उनी बाँकेको क्षेत्र नम्बर ३ बाट पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।
उनी २०७९ को निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेर विजयी भएका थिए ।
बर्दिया क्षेत्र नम्बर २ बाट राठौरसहित आरजु राणा यस्तै कांग्रेस बर्दिया जिल्ला सभापति अरुण सिंह राठौर, जग्गा प्रसाद पाण्डे, मीन राज चौधरी, प्रभुराम चौधरी, मकर बहादुर सिजापति, राम चन्द्र थापा, विद्या प्रसाद खनाल र दीपक भण्डारी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस भएका छन् ।
यता बाँके निर्वाचन क्षेत्र ३ बाट पनि उनीसहित ८ जना सिफारिस भएका क्षेत्रीय सचिव ज्ञान बहादुर वलीले जानकारी दिए।
वलीका अनुसार यहाँबाट सहमहामन्त्री राठौरसहित आशा बिक,मेघराज वली,महेन्द्र मल्ल ठकुरी,टेक बहादुर खड्का, लक्ष्मी नारायण शाह,देव बहादुर खत्री र कृष्ण बिक रसाइली सिफारिस भएका छन् ।
यसैगरी समानुपातिकतर्फ दुखिराम लोहनी, सकिल खाँ, झुप काली मगर,उमा कुमारी थापा, भवानी चौधरी थारु,अमृता नेपाल, रमेश सिजाली, कमला हमाल, पुष्पा सुनार, गगन बिक,कपिल देव शर्मा,दयाराम यादव,भीम बहादुर बिक सिफारिस भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण