एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणापत्रमा छलफल नहुने भएको छ ।
तर, पोखरेलको उक्त दस्ताबेज बन्दसत्र हलमा वितरण गर्न समय भने दिइने छ । साथै ईश्वर पोखरेलले उम्मेदवारी दिएमा त्यसवेला प्रस्तावबारे बोल्न दिने पनि सहमति भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
नेता पोखरेलले केही दिन अघि पार्टीको लोकतान्त्रिकरण, विद्या भण्डारीको सदस्यता लगायतका विषय समेटेर अध्यक्ष केपी शर्मा ओलीलाई अवधारणापत्र बुझाएका थिए ।
साथै सचिवालय बैठकले हालको सचिवालयलाई नै महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने भएको छ ।एमालेको महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
एमाले अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि सहमतिको प्रयास पनि गर्दै जाने नेताहरूले बताएका छन् ।
महाधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदान गर्ने एमालेले तयारी गरेको छ । महाधिवेशन बिहान ११ बजे उद्घाटन गर्ने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण