एनपीएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने
शुक्रबार, २६ मङ्सिर २०८२, २० : ५०
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ । बोल्ट्सले आज यहाँ पत्रकार सम्मेलन गर्दै ‘जेबी क्रिकेट एकेडेमी’ सञ्चालन गर्ने आधिकारिक घोषणा गरेको हो ।
पहिलो संस्करणको विजेता जनकपुर जारी सिजनमा भने प्लेअफमा नपुग्दै खेलबाट बाहिरियो । जनकपुरका व्यवस्थापकीय निर्देशक उत्सव सिग्देलले मधेस प्रदेशलाई प्राथमिकतामा राखेर एकेडेमी सञ्चालन गर्ने जानकारी दिए। घोषणा कार्यक्रममा दोस्रो सिजनको एनपिएलमा मुख्य प्रशिक्षक रहेका शिवनाराइन चन्द्रपलको उपस्थिति थियो ।
जनकपुरले प्रशिक्षक चन्द्रपलसँग आगामी वर्षहरूका लागि पनि सम्झौता भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण