लोसपा महासचिवको प्रश्न : सरकारले जेनजी पुस्तासँग सम्झौता लागू गर्न सक्छ ?
शनिबार, २७ मङ्सिर २०८२, १४ : २१
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का महासचिव सुरेन्द्र झाले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउने भन्दा पनि अन्य काममा हात हालेको बताएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै झाले के यो सरकार संवैधानिक सरकार हो ? भन्दै प्रश्न गरे ।
‘यो सरकारले जेनजी पुस्तासँग सम्झौता गरेको लागु गर्न सक्छ ? संविधान संशोधन गर्न सक्छ ? संसद् पुनर्स्थापनाबारे सर्वोच्चले गरेको फैसला स्वीकार्य छ’, उनले भने, ‘तर यो सरकारले स्वच्छ निर्वाचन गराउन सक्छ भन्ने विश्वास दिन सकेको छैन, पुराना पार्टीहरूलाई एक्ल्याउन खोजेको छ ।’
उनले बहुदलीय व्यवस्थालाई थप सुदृढ गर्न दलहरू एकाकार हुनुपर्नेमा जोड दिँदै एमालेको महाधिवेशनले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण