एनआरएनए कतारको २३औं स्थापना दिवस: ३८६ श्रमिकको नि:शुल्क स्वास्थ्य परीक्षण
दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कतारले आफ्नो २३औं स्थापना दिवस श्रमिकहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरेर मनाएको छ । संघले परम्परागत तडकभडकभन्दा श्रमिक लक्षित सेवामूलक कार्यक्रममा जोड दिँदै शुक्रबार दिवस मनाएको हो ।
नासिम मेडिकल सेन्टरसँगको सहकार्यमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट एकै दिन ३ सय ८६ जना नेपाली श्रमिकले नि:शुल्क स्वास्थ्य परीक्षणको लाभ लिएका छन् । सो अवसरमा एनआरएनए कतारका पदाधिकारीहरूले श्रमिकहरूसँगै केक काटेर स्थापना दिवसको खुसी साटासाट गरेका थिए ।
शिविरमा मेडिकल सेन्टरका विशेषज्ञ चिकित्सकहरूले श्रमिकहरूको रक्तचाप, सुगर, कोलेस्ट्रोल र बिएमआई परीक्षण गरेका थिए । साथै, दन्त परामर्श, आधारभूत स्वास्थ्य परीक्षण र सामान्य चिकित्सकीय सल्लाह पनि प्रदान गरिएको थियो ।
एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थीका अनुसार शिविरमा श्रमिकहरूको बाक्लो उपस्थिति रहेको थियो । एकै दिन सबैको स्वास्थ्य परीक्षण गर्न सम्भव नभएपछि थप १ सय ८५ जनालाई टोकन वितरण गरिएको छ । अध्यक्ष पन्थीले भने, "समय अभावका कारण आज परीक्षण हुन नसकेका श्रमिकहरूले वितरण गरिएको टोकनका आधारमा आगामी डिसेम्बर ३१ सम्म नि:शुल्क स्वास्थ्य परीक्षणको सुविधा लिन सक्नुहुनेछ ।"
श्रमिकहरूको संस्थाले फजुल खर्च र तडकभडक नगरी श्रमिककै स्वास्थ्यमा केन्द्रित भई कार्यक्रम आयोजना गरेको भन्दै दोहामा रहेका नेपाली समुदायले एनआरएनए कतारको कार्य सकारात्मक भएको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण