भदौ २४ को घटना सम्झँदै ओलीले भने : थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
वर्तमान सरकार हिंसाबाट जन्मेको भन्दै ओलीले सोही कारण आफूहरूले नस्विकारेको र नस्विकार्ने प्रस्ट पारे । ‘हामी हिंसा या युद्ध समय परिवर्तनको साधन हुन सक्दैन, हुन हुँदैन भन्छौँ । जनताको मन जितेर पनि शान्तिपूर्ण ढङ्गले पनि समाज बदल्न सकिन्छ,’ ओलीले थप भने, ‘हामी भन्छौँ अनि प्रहार हुन्छ । विविधता र बहुलता हाम्रो सम्पदा हो दूरी बढाउने विषय होइन भन्छौँ ।’
उनले राष्ट्र, राष्ट्रियता र नेपाली जनताको पक्षमा निर्णय गर्ने एमालेमाथि चौतर्फी प्रहार भएको भन्दै भदौ २४ को विनाशलाई बिर्सन नसक्ने र अपराधीले सजाय पाउनुपर्ने बताए । ‘हामी नविर्सौ त्यो महाविनाशलाई । त्यस दिनको विनाश छानबिन होस्, दोषीलाई कारबाही होस्’, ओलीले भने, ‘त्यो असामान्य परिस्थितमा थप क्षति नहोस् भनेर मैले राजीनामा दिए ।’
देश अन्योलमा भएका बेला संवैधानिक तरिकाबाट निकास दिन सकिने भए पनि संविधान विपरीत सरकार गठन गरिएको भन्दै अनधिकृत व्यक्तिबाट प्रतिनिधि सभा विघटन गरिएको ओलीको भनाइ छ ।
उनले सोही कारण एमालेले विघटन गलत छ भनेर भन्दै आएको र यसले लोकतन्त्र बलियो नहुने भएकाले पुनर्स्थापनाको माग गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण