सुदूरपश्चिमले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । लुम्बिनीले केही बेरमा सुदूरपश्चिमविरुद्ध बलिङ थाल्नेछ । प्रतियोगितामा लगातार दोस्रोपटक फाइनलमा खेल्दै गरेको सुदूरपश्चिम रोयल्स पहिलो उपाधि जित्ने लक्ष्यमा छ ।
सुदूरपश्चिम गत सिजन जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो ।
यता रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स प्रतियोगिताको लिग चरणमा भएका सात खेलमध्ये तीन खेलमा पराजित भएको थियो ।
प्रतियोगिताको लिग चरणमा चार खेलबाट ८ अंक जोडेर प्लेअफमा स्थान बनाएको लुम्बिनीले इलिमिनेटरमा काठमन्डु गुर्खाजलाई हराउँदै प्रतियोगिताको दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
दोस्रो क्वालिफायर खेलमा विराटनगरलाई पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँगको फाइनल यात्रा तय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण