सुदूरको दोस्रो विकेट पतन, ट्रम्पलमानलाई दोस्रो सफलता
शनिबार, २७ मङ्सिर २०८२, १५ : ५०
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ ।
यस्तोमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले दोस्रो विकेट पनि गुमाएको छ । पहिलो ओभरमा पहिलो विकेट गुमाएको सुदूरले दोस्रो ओभरको तेस्रो बलमा अर्को विकेट गुमाएको हो । दुवै विकेट ट्रम्पलमानले लिए । दोस्रो विकेटका रूपमा ट्रम्पलमानले शेल्डन ज्याक्सनलाई एलबीडब्ल्यू धरापमा पारे ।
यसअघि ट्रम्पलमानको बलिङमा भण्डारी बिनाकुनै रन बनाई दिनेश अधिकारीबाट क्याच आउट भएका थिए, अघिल्ला खेलहरूमा भने भण्डारी उत्कृष्ट लयमा थिए ।
दोस्रो संस्करणको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ । सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा भने जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण