सुदूरको ६ विकेट गुम्यो, रोहितको पौडेलको ह्याट्रिक
शनिबार, २७ मङ्सिर २०८२, १६ : ३०
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले ६ विकेट गुमाएको छ ।
दीपेन्द्रसिंह ऐरीलाई चौथो विकेटका रूपमा गुमाएको सुदूरले पाँचौँ विकेटका रूपमा दीपक बोहोरालाई पहिलो बलमै गुमाएको हो । यस क्रममा लुम्बिनीका कप्तान रोहित पौडेलले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । ऐरी ट्रम्पलमानबाट क्याच आउट भए भने बोहोराको क्याच सन्दीप जोराले लिए । पुनित मेहरालाई रोहितले एलबीडब्ल्यू धरापमा पारे।
लगातार विकेट जान थालेपछि सुदूरपश्चिम ठुलो दबाबमा परेको छ । ११ ओभर सकिँदा सुदूरले मात्र ४४ रन जोड्न सकेको छ भने ६ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण