एनपीएल उपाधि भिडन्तः ६३ रन बनाउँदा ७ विकेट गुमायो सुदूरपश्चिमले
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले ७ विकेट गुमाएको छ । शेर मल्लको बलमा अमेरिकन ब्याटर हर्मित सिंह क्याच आउट भएका हुन् ।
यसअघि दीपेन्द्रसिंह ऐरीलाई चौथो विकेटका रूपमा गुमाएको सुदूरले पाँचौँ विकेटका रूपमा दीपक बोहोरालाई पहिलो बलमै गुमाएको हो । यस क्रममा लुम्बिनीका कप्तान रोहित पौडेलले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । ऐरी ट्रम्पलमानबाट क्याच आउट भए भने बोहोराको क्याच सन्दीप जोराले लिए । पुनित मेहरालाई भने रोहितले एलबीडब्ल्यू धरापमा पारे ।
यसअघि विनोद भण्डारी शून्यमै आउट भए । शेल्डन ज्याक्सनले मात्र एक रन बनाए भने आरिफ शेखले मात्र ६ रन जोड्न सके ।
दयनीय अवस्थामा रहेको सुदूरपश्चिमले १५ ओभरको खेल सकिँदा ६३ रन बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण