८ औँ विकेट गुमायो सुदूरपश्चिमले, ओपनर पाण्डे ३३ रनमा आउट
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले ८ विकेट गुमाएको छ । आजको खेलमा तेस्रो विकेट लिने क्रममा शेर मल्लले सुदूपश्चिमका ओपनर इसान पाण्डेलाई आउट गराएका हुन् । ५१ बलको सामना गरेका पाण्डेले ३३ रन जोडेर आउट भए ।
यसअघि दीपेन्द्रसिंह ऐरीलाई चौथो विकेटका रूपमा गुमाएको सुदूरले पाँचौँ विकेटका रूपमा दीपक बोहोरालाई पहिलो बलमै गुमाएको हो । यस क्रममा लुम्बिनीका कप्तान रोहित पौडेलले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । ऐरी ट्रम्पलमानबाट क्याच आउट भए भने बोहोराको क्याच सन्दीप जोराले लिए । पुनित मेहरालाई भने रोहितले एलबीडब्ल्यू धरापमा पारे ।
त्यस्तै हर्मित सिंह ११ बलमा १० रन बनाएर मल्लबाटै क्याच आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण