एनपीएल उपाधि भिडन्त : सुदूरपश्चिम ८५ रनमा अलआउट
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जित्न लुम्बिनी लायन्सलाई ८६ रनको सामान्य लक्ष्य प्राप्त भएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम टोली पूरै ओभर खेल्न नसकी पाँच बल बाँकी छँदै ८५ रनमा अलआउट भयो । यो सुदूरपश्चिमको यस सिजनकै सबैभन्दा कम योगफल हो ।
लुम्बिनीका बलरहरूले आज उत्कृष्ट प्रदर्शन गरे । कप्तान रोहित पौडेलले घातक बलिङ गर्दै ह्याट्रिकसहित ३ विकेट लिएर मात्र १२ रन खर्चे । त्यस्तै, शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे भने रुबेन ट्रम्पलमानले मात्र २.१ ओभर बलिङ गर्दै ३ रन खर्चेर ३ विकेट लिए ।
सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले मात्र सम्झनलायक पारी खेले । उनले ५१ बलमा ३३ रन बनाए । पाण्डेबाहेक अन्य ब्याटर चल्न सकेनन् ।
दीपेन्द्र सिंह ऐरीले २० बलमा १३ रन जोड्दा, हर्मित सिंह र स्कट कुग्लेनले समान १०/१० रनको योगदान दिए । भरपर्दा ब्याटर विनोद भण्डारी शून्यमै आउट भए भने आरिफ शेखले मात्र ६ रन बनाए । सुदूरपश्चिमका तीन खेलाडीले खातासमेत खोल्न सकेनन् ।
अघिल्ला खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको सुदूरपश्चिमका लागि यो योगफल निकै कम देखिएको छ । लुम्बिनी लायन्सले अब एनपीएलको दोस्रो संस्करणको उपाधि जित्न ८६ रन बनाउनुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण