प्रधानमन्त्री कार्कीद्वारा एनपीएल विजेता लुम्बिनी लायन्सलाई बधाई
शनिबार, २७ मङ्सिर २०८२, १८ : १७
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सलाई बधाई दिएकी छन् ।
शनिबार साँझ सम्पन्न भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सहज जित निकाल्दै उपाधि हात पारेको थियो ।
खेल शनिबार साँझ ६ बजे सकिएको थियो, जसमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमलाई पराजित गर्यो ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले विजेता टोलीलाई शुभकामना दिँदै 'राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद' व्यक्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण