शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस नेता पूर्वमन्त्री उपाध्यायको निधन

आइतबार, २८ मङ्सिर २०८२, १७ : ३४
आइतबार, २८ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारको क्रममा निधन भयो।
  • उनी लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए।
  • उपाध्याय २०५६ सालमा शिक्षामन्त्री भएका थिए।

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ। काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए। 

उनी  लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए। उनी २०५६ सालमा शिक्षामन्त्री भएका थिए।

पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्याय प्रतिनिधि सभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसद समेत भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप